६ मंसिर २०८१, बिहिबार 1732218164
Banner

बोरिङ खनेको ठाउँबाट एक्कासी ग्यास र लेदोको मुस्लो घरभन्दा माथि पुगेपछि जोरपाटी चोक अस्तव्यस्त (भिडियो/फोटो)


काठमाडौं । जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदो माटो र पानीको फोहोरा निस्किएको छ। लेदो माटोसहितको पानीको फोहोरा घरभन्दा निकै माथिसम्म पुगेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

सोमबार बिहान १० बजेबाट निस्किएको फोहोरा हालसम्म रोकिएको छैन। प्रहरीका अनुसार सो ठाउँबाट ग्यास निस्किएको आशंकाले उक्त क्षेत्रमा आगो नबाल्न आग्रह गरिएको छ। बोरिङ खनेको नजिकका घर र सडकमा लेदो माटोले ढाकिएको छ । जमिनमुनिबाट निस्केको लेदो माटो र ग्यासलाई हावाले उडाएर टाढा टाढासम्म पुर्‍याएपछि जनजिवन अस्तव्यस्त बनेको छ। त्यस क्षेत्र भएर हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा परेका छन् । तस्विर/भिडियो : मनिष मगर (सूचनाप्रेस)