८ मंसिर २०८१, शनिबार 1732346786
Banner

श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँर्दै

काठमाडौं । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो । २२५ सदस्यीय सदनबाट बहुमतको आधारमा बुधबार श्रीलंकाले नयाँ राष्ट्रपति पाउने छ। राष्ट्रपतिको प्रतिस्पर्धामा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे छन्। विपक्षी उम्मेदवार दुल्लास अल्हाप्परुमा र अनुराकुमारा पमीसँग उनको प्रतिस्पर्धा हुनेछ।

आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघेको छ । राजापाक्षे परिवारसँग निकट रहेका उनलाई सत्ताधारी श्रीलंका पिपुल्स फ्रन्टको समर्थन छ ।