८ मंसिर २०८१, शनिबार 1732396207
Banner

श्रीलंकाको नयाँ राष्ट्रपति बने रनिल विक्रमासिंघे


काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ ।

बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति मा निर्वाचित हुनुभएको स्थानीय समाचार संस्थाले जनाएका छन्। यसअघि ६ पटक प्रधानमन्त्री हुनुभएको विक्रमासिंघेले १३४ मत पाउनुभएको छ ।

श्रीलंकाको संसदमा २२५ सदस्य छन्। तीमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको समाचारमा उल्लखे गरिएको छ। विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन्।

श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो।