१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:19 am
Banner

नेपाल प्रेस युनियनको महाधिवेशन हेटौडामा सुरू

सूचना प्रेस २०७९ श्रावण ६ शुक्रबार ००:००, १२:३२ बजे १ मिनेट पढाइ

हेटौँडा । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । नेपाली कांग्रेसनिकट पत्रकारहरूको संस्था प्रेस युनियनको यो महाधिवेशनमार्फत झण्डै ८ वर्षपछि नयाँ नेतृत्व चुनिन लागिएको हो ।

हेटौँडाको रोयल पार्टी प्यालेसमा सुरू भएको महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

महाधिवेशनको जारी उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेता पुगेका छन् । उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा कार्यक्रमका अतिथिको रूपमा सहभागी भएका हुन् ।