१२ आश्विन २०८३, सोमबार 3:19 am
Banner

विशेष कारण देखाउँदै माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

माओवादी केन्द्रको २८ र २९ माघमा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रको सचिवालयले विशेष कारणवश केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ ।

माओवादी केन्द्रले पदाधिकारी छनोट गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिनका लागि बैठक बोलाएको थियो ।

माओवादीको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य चयन गरे पनि अन्य पदाधिकारी छनोट गर्न सकेको छैन । कोरोनालाई विशेष कारण देखाएर बैठक सारिएको माओवादी केन्द्रका एक नेताले बताउनुभयो।

उहाँका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा गठबन्धनमा ठोस सहमति नजुटेसम्म माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने सम्भावना छैन ।