३ भदौ २०८३, बुधबार 1787142399
समाचार

स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना भएका छन्।

मधुमेहका बिरामीसमेत रहेका उनी रिँगटा लाग्ने समस्या भएपछि अस्पतालकाे इमर्जेन्सीमा पुगेका हुन्।

हाल उनलाई वीर अस्पतालकाे भीआईपी क्याबिनमा सारिएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए उनकाअनुसार सुगर बढेपछि उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको हाे।

हाल उनको परीक्षण गरिएका केही रिपोर्ट आउन बाँकी भएको डा. बस्नेतले बताए।