३ भदौ २०८३, बुधबार 1787133297
Banner

मङ्कीपक्सलाई डब्ल्यूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपत्‌काल घोषणा

बीबीसी । विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभरि ७५ देशमा फैलिएपछि डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको छ।

यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६ हजार भन्दा धेरै सङ्क्रमितहरू पुष्टि भएको जनाएका छन्। उनले मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको बताएका छन्।