१ मंसिर २०८१, शनिबार 1731818323
Banner

नागरिकता विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्छ : लिलामणि पौडेल

काठमाडौँ । पूर्व मुख्यसचिव लीलामणि पौडेलले नागरिकता विधेयक संसदीय समितिमा नपठाई संसदबाट पारित गरिएकोमा आपत्ति जनाउनुभएको छ । ‘२ वर्षसम्म राज्य व्यवस्था समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर नयाँ विधेयक ल्याउनु र समितिमा दफावार छलफलमा नपठाई ‘हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्तिजनक छ।’ उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

पौडेलले यो विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने बताउनुभएको छ । ‘विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् !  विधेयकलाई सार्वजनिक बहसमा ल्याएर आम नागरिकले पनि विधेयकका बारेमा आफ्नो विचार संसदमा अभिलेख गर्न सक्ने र समितिमा पुन छलफल गराइ सुझाव लिएर सांसदले लिखित रुपमै आफ्नो मत स्वतन्त्र ढङ्गले राख्न पाउने गरी पारदर्शी मत विभाजन गराएर विधेयक पास गराऊ सरकार ! ’ उहाँले भन्नुभएको छ ।