२६ जेष्ठ २०८३, मंगलबार 1781062292
Banner

माओवादी पहिलो पटक चुनाबमा जादा जो उठेपनि जित्थ्यो, अहिले पैसा खर्च गर्नेले मात्रै चुनाव जित्छ : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय संसदमा अर्वौं खर्च गरेर दलालहरु आउने वातावरण बनेको बताउनुभएको छ। अहिलेको निर्वाचन प्रणालीले गरिबलाई चुनाव जितेर आउन सहज नभएको उहाँको भनाइ छ । यही निर्वाचन प्रणाली कायम रहने हो भने गणतन्त्र नै धरापमा पर्ने प्रचण्डको भनाइ छ ।

नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रचण्डले यो चुनाव प्रणालीले गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमा लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन। अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिकड्म गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ।’ गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको भन्दै प्रचण्डले यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको बताए ।

‘गाउँपालिकाको चुनाव जित्न १० करोड खर्च गरेको सुनिन्छ । अब त संघको चुनावका लागि अर्ब चाहिने भयो’ प्रचण्डको भनाइ छ ‘गरीबले चुनाव जित्नु त सपना जस्तो भयो । अब त दलालहरू आउने भए ।’