८ मंसिर २०८१, शनिबार 1732405405
Banner

नागरिकता जस्तो संवेदनशील विधेयकमा सरकारले बलमिच्याइँ गर्यो : विमला राई पौडेल


काठमाडौं । नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल भइरहेको छ । जारी बैठकमा सांसदहरुले नागरिकता विधेयकको प्रक्रियामाथि प्रश्न उठाएका छन् । सांसद विमला राई पौडेलले प्रक्रियामाथि असहमति जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, नागरिकता जस्तो बिषयमा डरलाग्दा प्रावधान ल्याइएको छ त्यसको म बिरोध गर्दछु । प्रतिनिधि सभाबाट जुन प्रक्रियाबाट यहाँ आएको छ । यो विधेयक पहिलेको सरकारले प्रतिनिधि सभामा पेश भएपछि राज्य व्यवस्था समितिमा छलफल भएर एउटा निचोडको अवस्थामा प्रतिवेदन आइसकेपछि अहिलेको सरकारले त्यही प्रतिवेदनमा केही सच्याउँनै पर्ने प्रावधान भए त्यही प्रतिवेदनमा संशोधन गर्न लगाएर समितिबाट फिर्ता ल्याउन सक्थ्यो । त्यो नगरीकन एकदमै अनाहक रुपमा यो विधेयकलाई फिर्ता लगेर कसको दबाब, कसको इन्ट्रेस्ट, कसको चालमा के भइराखेको छ थाहा छैन। तर नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइ गरेको छ। सरकारले बलमिच्याइँ मात्रै गरेको छैन। संसदको अवमूल्यन गरेको छ। सांसदको स्वविवेक निर्णय गर्नेको पनि अवमूल्यन गरेको छ। गठबन्धनको नेताहरुको बलमिच्याइँ देखिएको छ। यो प्रक्रियामा मेरो असहमति छ।’

भारत, पाकिस्तान लगायत मुलुकमा नागरिकता लिन सात वर्षे प्रावधान भए पनि नेपालमा आएको भालिपल्टै नागरिकता दिने बिषय आपत्तिजनक भएको उहाँको टिप्पणी थियो ।