काठमाडौं । सरकारले गरेका गलत गतिविधिमा खवरदारी गर्न नेपाल खेलकुद महासंघले बिरोधसभा गर्ने भएको छ । नेपाल खेलकुद महासंघद्धारा सोमबार आयोजित विशेष वैठकमा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले यहि साउन १६ गते सरकारले गरेको मुल्यबृद्धिको विरोध, अनियमितता, भष्ट्राचार लगायतका बिषयमा खवरदारी गर्न बिरोधसभाको आयोजना गरिएको बताउनुभयो ।
काठमाडौंको बसन्तपुरमा हुने विरोधसभामा लाखौको सहभागिता हुने उहाँले बताउनुभयो । महासंघका सह ईन्चार्ज रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो बैठकमा बजेट निमार्णमा सरकारले बाहिरका व्यक्तिलाई समावेश गर्नु, नागरिकता विधेयकमा भएको मनपरीको बिरोध गरिने बताईएको छ । सह ईन्चार्ज पौडेलले वर्तमान सरकारले खेलकुद क्षेत्रलाई वेवास्ता गरेको बताउनुभयो ।
नेपाल खेलकुद महासंघको विशेष बैठक उपलब्ध स्थायी कमिटी सदस्य,सचिवालय सदस्य,आयोगका पदाधिकारीहरु, खेल संघका प्रमुखहरु, उपत्यका विशेष प्रदेश एवं बागमती प्रदेशका पदाधिकारीहरु,काठमाडौं,भक्तपुर,ललितपुरका अध्यक्ष लगायत उपस्थितिमा रहेको थियो । नेकोसका सम्पूर्ण तह तप्काका कमिटीहरुलाई थप चलायमान बनाउदै लग्ने लगायत विषय वस्तुमा छ्लफल भएको थियो ।