१९ आश्विन २०८३, सोमबार 9:27 pm
Banner

नागरिकता विधेयकमा सरकारले जनतालाई भ्रम छर्नेकाम ग¥यो : अध्यक्ष ओली

बिर्तामोड​ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नागरिकता विधेयकमा सरकारले जनतालाई भ्रम छर्ने काम गरेको बताउनुभएको छ ।

बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको उक्त विधेयक अहिले जस लिने गरि भ्रम छर्ने काम भएको बताउनुभयो।

पहिले समितिमा नागरिकता विधेयक रोकेको र अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उहाँको भनाइ थियो ।