१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:10 am
समाचार

टिकटक बनाउने क्रममा चिप्लिएर तालमा खसेका युवाको शव भेटियो

सूचना प्रेस २०७९ श्रावण १२ बिहिबार ००:००, ०६:३८ बजे १ मिनेट पढाइ

सल्यान- टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा बेपत्ता भएका युवाको शव भेटिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ३७ वर्षीय बेद बहादुर बस्नेतको बुधबार शव भेटिएको हो ।

मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए । उनको तालभित्र अन्दाजी ५० मिटर तल शव फेला परेको सल्यान प्रहरीले जनाएको छ ।