३० जेष्ठ २०८३, शनिबार 1781374426
समाचार

लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेट गर्दै

काठमाडौँ – अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन् ।

हिजो नेपाल भ्रमणमा आएका उनले आज प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्कासँग भेट गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । सहायक विदेशमन्त्री लु काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

एमसीसी पारित हुनुअघि गत मंसिरमा नेपाल भ्रमणमा आएका उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने दूतावासले जनाएको छ ।

साथै उनले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्ने बताइएको छ ।