२६ भदौ २०८३, शुक्रबार 1789158921
Banner

एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको बताउनुभयो ।