८ मंसिर २०८१, शनिबार 1732349032
Banner

साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात समातिएका छन्।

व्यापारीसँग प्याराग्लाइडिङ सञ्चालन अनुमति पत्र मिलाइदिने भन्दै नगद ६ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आज साँझ नक्सालको नागपोखरीस्थित एक होटलको कम्पाउन्डबाट रङ्गेहात समातिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

सरकारी गाडीसहित होटल पुगेका नेपालको गाडी भित्रबाट थप १६ लाख ५० हजार रुपैयाँ समेत बरामद भएको भण्डारीले जानकारी दिए। पक्राउ परेका नेपालमाथि थप अनुसन्धान भैरहेको छ।