२५ भदौ २०८३, बिहिबार 1789054660
Banner

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरूण सुवेदी नियुक्त हुनुभएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय गरेको हो।

 सुवेदी तिनै व्यक्ति हुन् जसले जनस्तरमा विवादास्पद एमसीसी परियोजनाको व्यापक विरोध चलेको बेला एमसीसीको पक्षमा माहोल बनाउँन ठूलो क्याम्पेनिङ गरेका थिए ।  

एमसीसी पास गर्नका लागी लगाएको गुन तिर्नकै लागी सुवेदीलाई देउवाले परराष्ट्र सल्लाहकारमा नियुक्ती गरेको चर्चा चलेको छ । 
धनकुटाको कुणुले गाउँमा जन्मिएका सुवेदीले विद्यालय शिक्षा विराटनगरमा लिएर धरानबाट एसएलसी उत्तीर्ण गरेका हुन् । त्रिचन्द्र कलेजबाट विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गरेका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नात्तकोत्तर गरेका छन्।