७ मंसिर २०८१, शुक्रबार 1732340384
Banner

कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणासँगै सरकार कामचलाउ भएको बताएको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ढिलै भएपनि चुनावको मिति घोषणा गरेकोमा सरकाराई धन्यवाद दिनुभयो । चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उहाँ्ले ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’ भन्दै प्रश्न गर्नुभएको थियो ।
उहाँले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको पनि आरोप लगाउनुभयो ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

‘मूल्य बढेर आउँदा जनतालाई मूल्यभार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उहाँले भन्नुभयो, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले बताउनुभयो ।