१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:41 am
राजनीति

नेपाल परिवार दलको कार्यसमिति बैठकले गरयो यस्ता पाँच निर्णय

सूचना प्रेस २०७९ श्रावण २४ मंगलबार ००:००, ०७:२६ बजे २ मिनेट पढाइ

काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठकले पाँच निर्णय गरेको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा काठमाडौँमा यहि साउन २२–२३ गते (भौतिक तथा अनलाइन ) माध्ययम द्वारा सम्पन्न बैठकले महत्वपूर्ण निर्णय गरेको महासचिव सन्तोष कुमार पौडेलले बताउनुभयो ।

यस्ता छन् निर्णय
१. बर्षादको कारण बाढी पहिरोले पिडित तराई मधेश तथा पहाडी जिल्लाहरुका बासिन्दाहरुलाई तुरुन्त राहत सामग्री उपलब्ध गराउन र बढ्दो महंगी नियन्त्रण गरि आम नागरिकको पक्षमा काम गर्न सरकारको ध्यानाकर्षण गराउने ।

२. आगामी मंसिर ४ का दिन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेपाल परिवार दल स्वागत गर्दछ । लोकतन्त्रको स्वस्थता र सबलता अनि शासनको वैधताका लागि आवधिक निर्वाचन अपरिहार्य छ । आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । घोषित निर्बाचन निस्पक्ष, स्वतन्त्र, मितव्ययी र धाँधली रहित सम्पन्न गर्न हामि नेपाल सरकारलाई आग्रह गर्दछौ। देश भित्रका सबै राजनैतिक दलहरुलाई निर्वाचनमा सहभागी भई मित्रवत स्वस्थ प्रतिष्पर्धा गर्न पनि बैठक आग्रह गर्दछ । साथै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबमा सहभागिताको लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न बरिष्ठ उपाध्यक्ष श्री बिनोद डाँगीलाइ अख्तियारी दिने। सबै प्रदेश निर्वाचन आयोगमा प्रदेश संयोजकहरुले समन्न्वयन गर्ने।

३. आगामी मंसिर ४ का दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न परिवार दलका सम्पूर्ण पार्टी पंक्तिलाइ आब्हान गर्ने। पार्टी र आम नागरिक बिचको सम्बन्ध नङ र मासुको जस्तै बनाउन देशभर कार्यक्रम संचलन गर्ने।

४. आगामी निर्बाचनमा एजेन्डा मिल्ने पार्टीसंग राष्ट्र र जनताको हितको पक्षमा आबस्यकता अनुसार सहकार्य वा तालमेल गर्न सकिने। सो को लागि केन्द्रिय कार्य सम्पादन समिति वा केन्द्रिय अध्यक्षले आबस्यकता अनुसार परामर्श गरि उपयुक्त निर्णय लिनसक्ने अधिकार दिने।

५. बैठकले स्थानीय निर्वाचन २०७९ को बारेमा घनिभूत समिक्षा गर्यो। बैठकले पार्टीको तर्फबाट बिजयी उम्मेदवारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।