८ मंसिर २०८१, शनिबार 1732379871
Banner

निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । यससँगै आयोगमा नयाँ दर्ता भएका राजनीतिक दलको संख्या १० पुगेको छ ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारीसहितका लगायत आयोग पुगेर दल दर्ता गराएका हुन् । अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो ।

आयाेगले संघ र प्रदेशकाे चुनावका लागि हिजाेदेखि दल दर्ता गरिरहेकाे छ ।