२५ भदौ २०८३, बिहिबार 1789034596
Banner

अदालतको निर्णयकमा आक्रोश पोख्दै बालेनले भने, नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिइयोस्’

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सरकारी जग्गामा बनाएका संरचना तत्काल नहटाउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आक्रोशित देखिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश व्यक्त गरेका हुन् ।

बालेनले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

महानगरले नर्भिक अस्पताललाई सरकारी जग्गामा नक्सा पास नगरीकन टहरा बनाएको भन्दै भत्काउन २४ घन्टे अल्टिमेटम दिएको थियो । त्यसका विरुद्ध अस्पतालले सर्वोच्चमा रिट हालेको थियो । उक्त रिटमा आज अल्पकालीन आदेश दिँदै सर्वोच्चले तत्काल संरचना नहटाउन भनेको हो ।