२७ जेष्ठ २०८३, बुधबार 1781128691
Banner

सिट बाँडफाँटका लागि सत्तारुढ कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

कार्यदलको संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई–दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ।

कार्यदलले टुंगो लगाउन नसकेमा भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन्।