२५ भदौ २०८३, बिहिबार 1789034692
Banner

दोलखाको बिगुमा भिषण पहिरो, ५ घर पुरिए

काठमाडौ -दोलखाको विगु गाउँपालिका–४ मा भीषण वर्षापछि आएको पहिरोले केही घर पुरिएका छन् । बुधबार साँझको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारमा रहेका ४- ५ वटा घरहरु पूर्ण रुपमा पुरिएको गाउँपालिका उपाध्यक्ष देविका थामीले जानकारी दिनुभयो। थामीका अनुसार पहिरो गएको सो क्षेत्रको बस्ती नै जोखिममा परेको छ। स्थानीयको पहलमा नेपाल प्रहरी र जनप्रतिनिधिहरु उद्धारमा खटिएको उपाध्यक्ष थामीले जानकारी दिनुभयो।

‘यहाँको अवस्था एकदमै खराब बन्दै गएको छ। पुरिएको घरहरुबाट सामान झिक्दै छौं,’ उपाध्यक्ष थामीले भन्नुभयो ‘एउटा बस्ती नै जोखिममा परेको छ। अहिले पनि पहिरो झरेको झर्‍यै छ।’