१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:12 am
Banner

मकवानपुरमा कोरोना सङ्क्रमणले एकको मृत्यु

सूचना प्रेस २०७९ श्रावण २६ बिहिबार ००:००, २०:४८ बजे १ मिनेट पढाइ

मकवानपुरमा कोरोना सङ्क्रमणका कारणले थप एक ६० वर्षीय व्यक्तिको आज मृत्यु भएको बागमती प्रदेश प्रहरीको कार्यालय हेटौँडाले जनाएको छ ।

कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–१ का ६० वर्षीय पुरुष रहेको बताइएको छ । उनको भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई गत साउन १६ गते हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणको जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।