२५ भदौ २०८३, बिहिबार 1789031483
Banner

समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

कोरोना संक्रमण भएपछि उनले फेसबुकमार्फत जानकारी गराउँदै स्वास्थ्य संवेदनशीलताका कारण केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको जानकारी गराएका छन्।