१ जेष्ठ २०८३, शुक्रबार 1778883182
Banner

विश्वविख्यात लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा छुरा प्रहार

न्यूयोर्क। विश्वविख्यात लेखक सलमान रुस्दीलाई अमेरिकास्थित न्यूयोर्क राज्यमा आयोजित एक कार्यक्रममा स्टेजमा हमला गरिएको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।

लेखक रुस्दीलाई शुक्रबार बिहान पश्चिमी न्यूयोर्कमा प्रवचन दिने क्रममा आक्रमण भएको हाे । उनलाई सन् १९८० को दशकमा इरानबाट ज्यान मार्ने धम्की आएकाे थियाे । 

Salman Rusdi pic1660321853.jpeg

एपीका सम्वादाताकाअनुसार एक जनाले चौताउवा इन्स्टिच्युटमा स्टेजमा आएर रुस्दीलाई मुक्का वा छुरा प्रहार गरेका थिए । त्यसपछि लेखकलाई लडाइएको वा भुइँमा ढलेका थिए । तस्बिरहरूमा रुस्दी उत्तानाे परेर लडेकाे देखिन्छ भने पहिलो प्रतिक्रियाकर्ता उनीमाथि झुकेको देखिन्छ ।

रुस्दीको पुस्तक द सैटानिक भर्सेसलाई इरानमा सन् १९८८ देखि प्रतिबन्ध लगाइएको छ । धेरै मुस्लिमहरूले उक्त पुस्तकलाई आफ्नो ईश्वरप्रति निन्दा गरेको ठान्छन् ।

एक वर्ष पछि इरानका दिवंगत नेता अयातुल्ला रुहोल्लाह खोमेनीले रुस्दीको मृत्युको लागि आह्वान गर्दै फतवा वा आदेश जारी गरेका थिए। यस्तै, रुस्दीको हत्या गर्ने जो कोहीलाई पनि ३० मिलियन डलरभन्दा बढीको पुरस्कार प्रस्ताव गरिएको थियो ।

यता इरानको सरकारले लामो समयदेखि खोमेनीको आदेशबाट आफूलाई टाढा राख्दै आएको छ ‌। तर, रुस्दी विरोधी भावना भने कायमै रहेको बेलायती अखबार द गार्जियनले टिप्पणी गरेकाे छ ।

स्रोत : द गार्जियन