१ जेष्ठ २०८३, शुक्रबार 1778900073
Banner

मिटरब्याज पीडितलाई प्रमाणसहित उजुरी गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– विशेषगरी तराईका जिल्लाहरूमा केही समययता मिटरब्यजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले आगामी ५ भदौभित्र त्यस्ता पीडितहरूलाई प्रमाणसहित प्रहरीमा उजुरी गर्न सूचना जारी गरेको छ ।

मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भएको थियो ।

नवलपरासी पश्चित प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौं माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटान भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ ।