१३ श्रावण २०८३, बुधबार 1785374599
Banner

उम्मेदवार मनोनयनको जिम्मा सभापति देउवालाई

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ ।

शनिबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्नुहुँदै कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकको निर्णयमा ‘‘२०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको  ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने’’ उल्लेख  छ ।

यसैगरी, निर्वाचनका लागि दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मेवारी पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।