२६ जेष्ठ २०८३, मंगलबार 1781042251
Banner

एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरु गठबन्धन नगरि नहुने बाध्यतामा पुगे : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरु गठबन्धन नगरि नहुने बाध्यतामा पुगेको बताउनुभएको छ । काठमाडौंमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको बताउनुभयो ।

‘आफ्नो आफ्नो चुनाव लडेर सरकार बनाउने बेला गठबन्धन गरे भइहाल्थ्यो’, ओलीले भन्नुभयो, ‘त्यसो गर्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन(सठबन्धन बनिरहेको छ।’उहाँले भन्नुभयो ‘गठबन्धनवालाहरु एक्लै प्रतिष्पर्धा गर्ने आँट गरिरहेका छैनन्। ’

देशलाई विकसित बनाउन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न एमाले सरकारमा आउनुपर्ने उहाँको तर्क थियो । ‘ल्होसार आयो, दशैं आयो भनेर खुशी हुँदै नाच्नलाई जस्तो होइन, देशलाई माथि उठाउन एमालेको सरकार आवश्यक छ।’ अध्यक्ष ओलीले भन्नुभयो ।