२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:58 am
Banner

प्रचण्ड र बाबुराम एउटै चुनाव चिह्नमा लड्ने सहमति

सूचना प्रेस २०७९ श्रावण २९ आइतबार ००:००, १३:५४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार देखिएका छन् ।

आइतबार बिहान  माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय  डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्ता मा यस्तो सहमती भएको हो । 

बैठकपछि बोल्दै नेसपाका अध्यक्ष यादवले माओवादी केनद्रको चुनाव चिन्ह पुरानो भएकाले यस्तो सहमती गर्न लागिएको बताउनुभयो । यादवले यस्का लागि समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जाने लगभग सहमती भएको बताउनुभयो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।