२५ भदौ २०८३, बिहिबार 1789021567
Banner

काठमाडौंमा मापसे गरी स्कुल बस चलाउने ६ जना कारबाहीमा

काठमाडौं – काठमाडौंमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ जना स्‍कुल बसका चालकले मापसे गरेको अवस्थामा फेला पारेको हो।

उपत्यकाका विभिन्न स्थानमा गरेको चेकिङमा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका थिए। जसमध्ये ६ जनाले भने मापसे गरेको पाएको हो।

कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान थालेको थियो।

यसअघि पनि ट्राफिक प्रहरीले मापसे गरी स्कुल बस चलाउने विभिन्न स्कुल तथा कलेजका चालकलाई कारबाही गरेको थियो।