३ भदौ २०८३, बुधबार 1787170786
अर्थ

भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको चिनी बरामद

भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ ।

फाइल फोटो

गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बरामद गरेको केजी चिनी आजै मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको बताउनुभयो ।