१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:38 am
Banner

विभिन्न पार्टी परित्याग गरि ३५ जना एमालेमा प्रवेश

सूचना प्रेस २०७९ श्रावण ३० सोमबार ००:००, १२:०५ बजे २ मिनेट पढाइ

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादवसहित सो पार्टीका ३५ जना विभिन्न कमिटीमा क्रियाशील अगुवा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 

नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गर्नुभयो । 

पार्टी प्रवेश गर्ने माओवादी केन्द्रका कार्यकर्ताहरूमा शिवकुमार कापर (मधेश प्रदेश कमिटी सदस्य), सकलदेव रजक ( मधेश प्रदेश कमिटी सदस्य), धनुषा जिल्ला कमिटी सदस्यहरू फुलसिंह यादव, भोला यादव, रामबाबु राय, सोनफी साह, श्रीनारायण कुुँवर, रामभिखारी राय हुनुहुन्छ । 

उहाँहरूसँगै समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिल कुमार घिमिरे पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

सोही कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य गोपाल भण्डारी र सोही पार्टीका टङ्कप्रसाद काफ्ले र मञ्जु भण्डारी पनि एमालेमा प्रवेश गर्नुभयो ।

त्यसैगरी, माओवादी केन्द्र धनुषाका नगर कमिटीका सदस्यहरू भरत यादव, राजिवकुमार राय, रोशन मुख्या, जगदीश मुख्या, रामकुमार यादव, देवनारायण पासवान, सरयुग यादव, जनकु अधिकारी, रामएकवाल कुँवर, धनपैत साह पनि एमालेमा प्रवेश गर्नुभएको छ । 

त्यस्तै, वाइसीएल र स्थानीय तहका कार्यकर्ताहरू जनार्दन प्रसाद उपाध्या, अजय यादव, सनिसा थापा, नितेश मिश्र, कोमद कापर, रामअधार ठाकुर, रानेशकुमार भगत, माधव न्यौपाने, भरतकुमार भण्डल, धर्म सुनार, लक्षमन राई, श्याम राय, प्रितम ठाकुर, मदन ठाकुर, रामदेव राई र जयराम ठाकुर पनि एमालेमा प्रवेश गर्नुभएको छ ।