२४ भदौ २०८३, बुधबार 1789019088
Banner

चुनावी सहकार्यको निर्णय गर्न राप्रपाले दियो अध्यक्ष लिङ्देनलाई जिम्मेवारी

चुनावी गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी गर्न राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको छ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावी गठबन्धन गर्नका लागि आवश्यक निर्णय गर्ने जिम्मेवारी लिङ्देनलाई दिएको हो।

त्यस्तै बैठकले अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको छ ।

राप्रपाले घोषणापत्र तयारीका लागि प्रा. डा. गीताभक्त जोशी संयोजक, सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा. डा. जयन्तनाथ खनाल र सहप्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरेको छ ।