२३ आश्विन २०८३, शुक्रबार 4:27 am
Banner

बाँकेमा भूकम्पको धक्का महसुस

काठमाडौं : बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन्। आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको जनाएका छन्। 

यस अगाडि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।