१९ आश्विन २०८३, सोमबार 6:19 pm
Banner

प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।

बैठकले गिरीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। अर्को बैठक भोलि बिहान १० बजे बस्ने भएको छ।

७५ वर्षीय गिरीको उपचारका क्रममा शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो।

समाजवादी चिन्तक एवं सांसद गिरीको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटनमा अन्त्येष्टि गरिएको हो।