२६ जेष्ठ २०८३, मंगलबार 1781065573
Banner

चुनाव प्रचारमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने आयोगको प्रस्ताव


काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनाव प्रचारप्रसारमा १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव अघि सारेको छ ।

आयोगले आज भएको राजनीतिक दलहरुसँगको छलफलमा १० वटासम्म झण्डा प्रयोग गर्न दिने प्रस्ताव राखेको हो ।

“दल वा उमेदवारले जुलुस, आमसभा, कोणसभा घरदैलो भेटघाट वा जुनसुकै प्रकारकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा १० वटाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गराउन नहुने,” आयोगको प्रस्तावमा भनिएको छ ।