२४ भदौ २०८३, बुधबार 1788994825
Banner

नेकपा एमाले आफना नातागोता बनाउन होइन देश बनाउने अभियानमा छ : अध्यक्ष ओली (भिडियो)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी नातागोतालाई बनाउने अभियानमा होइन देश बनाउने अभियानमा लागेको बताउनुभएको छ । जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्ने बताउनु भएको छ ।

सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्ने लोभमा घाइते तथा द्वन्द्व पीडितको वेवास्ता गरेको आरोप लगानुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड गठबन्धनबाट प्रधानमन्त्री बन्ने लोभमा छन् । तीन पटक प्रधानमन्त्री बन्नु पर्‍यो भन्दै दाउ हेरिरहेका छन् । तर घाइतेहरुको वेवास्ता गरेका छन्। गोली लागेका लडाकुहरु एमालेको केन्द्रीय कार्यालयमा आउनुस्। तपाईंहरुको उपचार एमालेले गर्छ ।’

जनयुद्धका लडाकुको व्यवस्थापनमा भन्दा प्रचण्ड परिवारको व्यवस्थापनमा लागेको ओलीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘प्रचण्डका सात पुस्ता वरपर हेर्नुस् त युरिया हालेजत्तिकै छन् । तर लडाकु र योद्धाको के हालत छ । शान्ति प्रक्रियाका काम पीडितहरुलाई न्याय दिने गरी टुंग्याइनु पर्छ। त्यो काम एमालेले गर्छ। प्रचण्डले गर्दैनन् ।’

https://youtu.be/L90bp8iMQt8