१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:27 am
Banner

महाभियोग छानबिन समितिको बैठक बस्दै

सूचना प्रेस २०७९ भदौ ७ मंगलबार ००:००, ०९:१० बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै छ।

समितिको बैठक आज दिउँसो २ बजे बस्ने नेपाली काँग्रेसका सचेतक मीन बिश्वकर्माले बताउनुभयो ।

साथै समितिको सभापति चयन गर्नेछ। जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले ज्येष्ठ सदस्य रामबहादुर विष्टसहित २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

प्रतिनिधिसभाबाट २२ साउनमा महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको १ भदौमा बसेको पहिलो बैठकमा कार्यविधिको मस्यौदा र कार्यतालिकामा छलफल भएको थियो।

प्रतिनिधिसभाका ९८ सांसदले गत फागुनमा २१ वटा अभियोग लगाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

महाभियोग लागेसँगै जबरा निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन्।