८ मंसिर २०८१, शनिबार 1732410480
Banner

एक्ला एक्लै लड्दा प्रायः सबै प्रदेशमा एमाले पहिलो शक्ति बन्ने इन्चार्जको ब्रिफिङ

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले आआफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गर्ने क्रम जारी भइरहेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा प्रदेश इन्चार्जको रिपोर्टिङपछि अन्य एजेण्डामा प्रवेश हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिनु भयो ।

इन्चार्जहरूले स्थानीय तह निर्वाचनको समिक्षात्मक रिपोर्टसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको सम्भावित अवस्था तथा गठबन्धनको चुनौतीका बारेमा जानकारी गराएका छन् ।

एक्ला एक्लै लड्दाको अवस्थामा प्रायः सबै प्रदेशमा एमाले पहिलो शक्ति बन्ने नेताहरूको ब्रिफिङ छ । तर, एमालेविरुद्ध सबै दलको गठबन्धन बन्दा प्रत्यक्षतर्फ नतिजा फरक हुने भन्दै सम्भावित जित्ने र हार्ने क्षेत्रबारे पनि समिक्षा हुने बताइएको छ ।