१६ भदौ २०८३, मंगलबार 1788280559
अर्थ

महिला उद्यमी महासंघ र राष्ट्रपतिबीच भेट

काठमाडौं । महिला उद्यमी महासंघका पदाधिकारीहरु र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। 

महिला उद्यमी महासंघले आयोजना गरेको छैटौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७९ सफलताका साथ सम्पन्न भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग महासंघका पदाधिकारी, कार्यकारिणी सदस्य तथा जिल्ला संघका अध्यक्षहरुको हिजो राष्ट्रपति भवनमा भेटघाट कार्यक्रम भएको थियो। 

भेटघाट कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला उद्यमशीलताको अझ बढी बिकास गर्न र देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन महासंघलाई अपिल गर्नुभएको थियो ।

साथै राष्ट्रपति भण्डारीले महिला उद्यमीहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचानका साथ अघि बढेर राम्रो काम गर्नका लागि हौसला प्रदान गरेको उद्यमी महासंघले जनाएको छ।