१ जेष्ठ २०८३, शुक्रबार 1778904164
Banner

महाअभियोग सिफारिस समितिको बैठक आजपनि बस्दै

काठमाडौं। निलम्बित प्रधानन्यासिध चोलेन्द्र समशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ। २९ भदौं भित्र राणा बिरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो। बैठक अपरान्ह २ बजे बस्नेछ।

मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ। जसअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नुपर्ने छ।

समितिले २९ भदौं भित्र जबरा माथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ। प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ। जसमा बुधवारको बैठकमा थप छलफल हुनेछ।