८ मंसिर २०८१, शनिबार 1732418233
Banner

यस्तो छ उम्मेदवार छनोट गर्न एमालेले बनाएको ५ बुँदे मापदण्ड

काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार छनोटका  मापदण्ड तय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका लागि पाँच मापदण्ड छनोट गरेर पारित गरेको हो । एमालेले तय गरको मापदण्ड अनुसार उम्मेदवार हुने व्यक्तिका लागि  पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, सो व्यक्तिले आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा,लोकप्रियता र विजयको सुनिश्चितता,संविधान अनुसार समावेशीताको सिद्धान्त र संवैधानिक प्रावधान मापदण्ड चाहिने निर्णय गरेको हो  ।

ती मापदण्डमाथि केन्द्रीय कमिटीमा बैठकमा छलफल हुने र बैठकबाट अनुमनेदन भएपछि आवश्यक चुनावको तयारीमा लाग्ने एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।एमालेको केन्द्रीय कमिटि बैठक भदौ १० र ११ गते बस्ने छ।

यी हुन् एमालेले पोलिटब्युरो बैठकले​​​​​​​ तय गरेका उम्मेदवार छनोटका  ​​ मापदण्ड : 
१. पार्टीकाे नीति र कार्यक्रमप्रतिकाे प्रतिबद्धता

२. आन्दाेलनमा दिएकाे याेगदान र पार्टीप्रतिकाे निष्ठा

३. लाेकप्रियता र विजयकाे सुनिश्चितता

४.  समावेशीता

५. संविधानमा उल्लेखित प्रावधान