२० कार्तिक २०८१, मंगलबार 1730871782
Banner

गठबन्धन दलको बैठकमा कांग्रेसले दाबी गर्‍यो १०० सिट, अरूले कति ?

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले आगामी हुने निर्वाचनमा एक सय सिट दाबी गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरेको बैठकमा सहभागी राष्‍ट्रिय जनमोर्चाका नेता हिमाल पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार कांग्रेसपछि माओवादीले ६०, नेकपा एसले ४० सिट दाबी गरेका छन् । यस्तै जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट मागेको बताउनुभयो ।

यो प्रस्तावित सिट भएको पुरीले बताउनुभयो । यसबारेमा गठबन्धनमा थप छलफल गर्न भोलि फेरि ४ बजे बैठक बस्ने उहाँले बताउनुभयो ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिन लागेको विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।