९ मंसिर २०८१, आइतबार 1732429729
Banner

एमाले अभियान : एक पार्टी सदस्यले दुई मतदाता थप्नुपर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निर्वाचनलक्षित अभियान सञ्चालन गर्ने भएको छ ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै ‘एक पार्टी सदस्यले दुई मतदाता थप्नुपर्ने’ अभियान सञ्चालन गर्न लागिएको हो । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसबारे जानकारी गराउनुभएको हो ।

यस्तै, ‘टोलटोलमा संगठन, घरघरमा सदस्य’ अभियान सञ्चालन गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालमा जारी बैठकमा ओलीले ‘एक बुथ, कम्तीमा सय युथ’ परिचालन गरिने जानकारी पनि गराएका छन् ।

शुक्रबारदेखि जारी बैठक आज सकाउने तयारी छ । हिजोको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि नौ समूह बनाएर छलफल गरिएको थियो । आजको बैठकमा समूहका निष्कर्ष प्रस्तुत गरिएको ती केन्द्रीय सदस्यले बताए ।