२४ भदौ २०८३, बुधबार 1789018530
Banner

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ।

अहिले बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने सांसद भीमसेनदास प्रधानले जानकारी दिनुभयो । सुचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन। प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र एमसीसीका विषयमा छलफल गर्न बैठक डाकेको हुनसक्ने सांसद प्रधानले बताउनुभयो।

सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावका विषयमा पार्टी संसदीय दलले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।

यस विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सोमबार संसदीय दलको बैठक राखेको थियो। संसद्को बैठक भने यही माघ भोलिका लागि डाकिएको छ।