९ मंसिर २०८१, आइतबार 1732439905
Banner

अधिकृतस्तरका साढे ६ सय अस्थायी दरबन्दी सिर्जना, यी हुन मन्त्रीपरिषदका अन्य निर्णय (सूचीसहित)

सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका कार्यक्रम र परियोजनाका लागि थप साढे ६ सय अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका विभिन्न कार्यक्रम र परियोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार ऊर्जा मन्त्रालयका कार्यक्रमका लागि विभिन्न सेवा समूहका अधिकृत तहका ४३१ अस्थायी दरबन्दी स्वीकृत भएको छ ।