१८ असार २०८३, बिहिबार 1782972630
Banner

महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे सुनुवाइ गर्न गठित महाभियोग सिफारिस समितिको बैठक भोलि ११ बजे फेरि बस्नेगरी स्थगित भएको छ ।

मंगलबार समितिको बैठकमा उपस्थिति भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयान दिएका थिए । समय अभावका कारण बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको सिफारिस समितिका सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले प्रधानन्यायाधीश जबरालाई विभिन्न प्रश्न गरेका थिए । जबराले समितिका सदस्यहरुको प्रश्नको जवाफ दिएका छन् ।