२४ भदौ २०८३, बुधबार 1788961994
Banner

यसरी मनाइँदैछ ऋषिश्वर महादेव मन्दिरमा ऋषिपञ्चमी (फोटोफिचर)

काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी। देशभरका ऋषिश्वर महादेव मन्दिरमा धुमधामका साथ ऋषिपञ्चमी मनाइँदैछ। यसै अवसरमा काठमाडौंको टेकुस्थित ऋषिश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तालुको भीड लागेको छ।

ऋषिपञ्चमी भक्तालु महिलाले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ।