१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 12:15 am
Banner

राजनीतिसँगै आर्थिक रुपान्तरण आवश्यक : अध्यक्ष ओली

सूचना प्रेस २०७९ भदौ १७ शुक्रबार ००:००, २०:२४ बजे १ मिनेट पढाइ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्ने बताउनुभएको छ । उहाँले उद्यमशिलता र श्रमले मात्रै आर्थिक रुपमा सबल भइने उल्लेख गर्नुभयो ।

झापाको गौरीगञ्जमा आज भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपालको विकास नेपालीले मात्रै गर्न सक्ने बताउनुभयो । “देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नु पर्छ, सीमावर्ती शहरलाई स्मार्ट सिटिका रुपमा विकास गर्नपर्छ । ”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले परम्परागत कृषि प्रणालीलाई व्यवस्थित गर्दै आधुनिकरण गरिनुपर्ने बताउनुभयो ।